१५ वर्षमै जबरजस्ती गरि बच्चा पाउने गराएर प्रेमी भागेपछि यतिबेला निशा पुरीको जिन्दगी बेहाल भउको छ । अहिले १७ वर्ष पुगेकी निशाको छोरा २० महिनाको पुगेका छन । छोरालाई दुख हुन दिन्न भन्दै जिन्दगीमा केही गर्छु भन्ने उदेश्यले उनी विधालय जान भने छोडेकी छैनन । अश्लिल भिडियो बनाएर उनका प्रेमीले पटक पटक उनीसंग जबरजस्ती यौनसम्पर्क राख्ने गरेको निशा बताउछिन ।
उनको प्रेमीले बिहे नगरी छोडेर अहिले भारत गएका छन । आफ्नो वास्तविक पिडा बताउदा निशा अन्तरवार्ताभरि रोएकी छिन । आहा टिभिमा आएको यो पुरा अन्तरवार्ता हेर्नुहोस:
यो पनि पढ्नुहोस्ः अन्तरजातीय विवाह गरेकी प्रमिला: सुत्केरी स्याहार्न काेही आएनन्, सेवा केन्द्रमा शरण - १६ वर्षको कलिलो उमरेमै अन्तरजातीय विवाह गरेकी प्रमिला सिवा अहिले १८ वर्ष पुगिन् । पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुमा रहेकाे वरडाँडाकी प्रमिला सिवाले स्कुल पढ्दा–पढ्दै ताप्लेजुङको सिदिङवा गाउँपालिका–४, साप्लाखुका विजय ताम्लिङ (लिम्बू) सँग २०७४ साल असोज महिनामा अन्तरजातीय विवाह गरेकी हुन् ।
विवाहपछि श्रीमान र सासु-ससुरासँगै झापाको काकडिभिट्टामा बस्दै आएकी प्रमिलाको साथमा अहिले भने श्रीमान् छैनन् । विवाह भएको झण्डै एक वर्षपछि प्रमिला गर्भवती भइन् । त्यति नै खेर श्रीमानले अर्कै केटी लिएर सम्पर्कविहीन भए । प्रमिलाले आवश्यक परेकाे बेला श्रीमानको साथ पाइनन् । उल्टै घर परिवार र आफन्तजनबाट अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरिक यातना खेप्नुपर्यो ।
गएको असोज महिनादेखि श्रीमान सम्पर्कविहीन भएको प्रमिलाले बताइन् । असोज महिनामा श्रीमान विजयले म विदेश जान्छु, तिमी माइतमा गएर बस्नु भनेपछि प्रमिला माइतमा आएर बस्न थालिन । त्यसपछि विदेश जान्छु भनेर घरबाट निस्केका श्रीमानले कात्तिकमा फोन गरेर ‘म विदेश गएँ, मलाई नखोज्नु’ भनेको प्रमिलाले बताइन् ।
त्यसपछि माइती बस्न थालेकी प्रमिलाले श्रीमानले अर्कै केटी लिएर हिँडेकाे थाहा पाइन् । ‘अहिले काठमाण्डाै बस्छ भनेको सुनेको तर काठमाण्डौ कुन ठाँउमा बस्ने, के गर्ने, केही थाहा नभएकाे‘ प्रमिलाले सुनाइन् । माइतमा बस्दा प्रमिलालाई आफन्त र छिमेकीले गर्भपतन गर्न सुझाव दिए तर उनले मानिनन् । श्रीमान फर्केर आउने विश्वासमा पेटभित्रको बच्चालाई जन्म दिने निधाे गरिन् । प्रमिलाले गएको मंगलबार बिहान जिल्ला अस्पताल फिदिममा छोरी जन्माइन् ।
अहिले नवजात शिशु र आमाको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । माइतमा घरमा पनि आर्थिक अवस्था एकदमै नाजुक रहेको साथै आमा दमको रोगी र बुवा सामान्य काममात्र गर्नसक्ने हुनाले गर्भवस्थामा पनि मेलापातको कामदेखि घरका काम सबै गर्नुपर्थ्याे । माइतमा भएका दुई दिदीहरुकाे बिहे भइसकेको छ भने दाजुहरु पनि छुट्टिएर बसेका छन् । प्रमिलालाई सुत्केरी गराउन स्थानीय स्वास्थ्य स्वयंसेविकाले फिदिम ल्याएकी हुन् ।
सुत्केरीपछि श्रीमानको घर र माइत दुवै पक्षबाट प्रमिलाको हेरचाहका लागि कोही नआएपछि प्रमिला संकटमा परिन् । त्यसपछि जिल्लामा रहेका मानव अधिकारकर्मी, महिला अधिकारकर्मी, र स्थानीय जनप्रतिनिधिलगायतको सहयोगमा उनलाई अहिले फिदिम नगरपालिका अन्तर्गत सञ्चालित फिदिम–४ मा रहेको सामुदायिक सेवा केन्द्रमा राखिएको छ । अल्पकालीन रुपमा आपतमा परेका महिलाहरुलाई सेवा दिने उदेश्यले स्थापना गरिएको सेवा केन्द्रमा उनकाे राम्रै हेरचाह भइरहेको छ ।