Categories
ताजा समाचार

सार्बजनिक गरे मेयरसंगको गोप्य फोन मेसेज ( भिडियो सहित )

काठमाडौँ । यति बेला इटहरीका मेयर द्धारिकालाल चौधरी चर्चाको शिखरमा छन । उनले आफु माथि लागेको आरोपको खन्डन गर्दै यो पित्त पत्रकारिता हो भनेका छन । विगत दुई बर्ष देखी बिराट अनुपाम नामक पत्रकारले उनको पाटिका सदस्य राम प्रसाद चौलागाईको निर्देशनमा आफुलाई हिलो छेप्ने काम गरिरहेको बताएका छन ।

इटहरीका मेयर द्वारिकलाल चौधरी ले काठमाडौ को एक अनलाइन टिभी सग कुरा गर्दै भुमाफिया ,खानेपानी भित्रको भ्रस्टाचारि राम प्रसाद

चौलागाईं सग मिलेर कसैको चरित्र हत्या गर्ने ,पुर्वाग्रह राखेर पित पत्रकारिता गर्ने तल्लो स्तरका भ्रस्ट पत्रुकारको मात्र आफुले आलोचना गरेको भन्दै यस्तै भ्रष्टको सुचना लिएर पत्रकार रबिलामिछाने ले पनि बिगतमा इटहरी नगरपालिका को विषयमा हचुवाको भरमै समाचार प्रवाह गरेकोकारण आफुले उस्को कारेक्रममा त्यस्तो जवाफ दिएको पनि बताएका छन ।

बिकास र समृद्धिमा असल सञ्चारकर्मी को साथ जरुरी रहेको हन्दै आफुले गरेको पित पत्रकारको चरित्र र पाख्न्ड पत्रुकारको बिरोध गर्दा

इमान्दार सञ्चार जगतलाई आत्मसम्मानमा ठेस लागेको भए आफू क्षमा प्रार्थी रहेको भन्दै भ्रस्टाचार गर्ने ,समाजमा अपराध गर्ने माफियाहरुलाइ जनताका बिचमा मोसो दलेर टिन ठोक्दै घुमाउने दाबी समेत गरेका छन ।

पार्टी सग मेयर पदको दाबेदारी गर्दै आएका रामप्रसाद चौलागाईंलाई पार्टी ले मेयर को टिकटनदिए र द्वारिकलाल चौधरीलाई मेयरको टिकट दिए पछि आक्रोसित बनेका राम प्रसाद चौलागाईं मेयरको चरित्र हत्या गर्न केही पत्रकारको सहारा लिएर एक बर्स देखि अनेकौ षड्यन्त्र गर्दै आएको आरोप लगाएका छन ।

द्वारिकलाल चौधरीको धेरै कुराहरु मिडियामा आईसकेपछी उनै राम प्रसाद चौलागाई पनि मिडियामा आएका छन । उनले आफ्नो तर्फबाट यसरी प्रतिकार गरेका छन । राम प्रसाद चौलागाईसंग गरिएको कुराकानी हेर्नुहोस :

Leave a Reply

Your email address will not be published.