Categories
ताजा समाचार

गौशालाबाट पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भए लगत्तै उनको गुरु मिडियामा अर्जुन झुटो नभएको खुलासा(भिडियो सहित)

काठमाडौं, ३१ जेठ । गत जेठ २१ गते गौशालाबाट पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भए लगत्तै उनको गुरु मिडियामा आएका छन् । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ गरिएको क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले शुक्रबार तारेखमा रिहा गरेको हो ।

उनले यूट्यूव भिडियो मार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए । क्षेत्रीलाई रेडियोमा ल्याउने उनको गुरु मिडियामा आएर अर्जुन झुटो नभएको खुलासा गरेका छन । अर्जुनका गुरुसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्ः

यो पनि पढ्नुहोस्ः पाँचथर हत्याकाण्डले फेरियो आरुबोटेबासीको दिनचर्या, त्रासमा दिन -रात बित्छ ! (भिडियो रिपोर्ट) – पाँचथरको दुर्गमस्थानमा रहेको आरुबोटे बजारमा दिनभरिको कामले थाकित भएका युवाहरु भेला भएर क्याराम बोर्ड खेल्ने गर्थे भने बुढापाकाहरु चिया गफमा व्यस्त हुन्थे । तर केहि दिन अघि भएको हत्याकाण्डले आजकल आरुबोटेबासीको दिनचर्या फेरिएको छ ।

दिनभरि मेलापातको काम सकेर बेलैमा परिवारका सदस्य जम्मा भएर चाँडै सुत्ने गरेका छन् । नौ जनाको निर्मम हत्या भएपछि भने घरबाहिर सुत्ने र रातको समयमा हिँडडुल गर्ने क्रम घटेको छ । गाउँमा कोही नयाँ र नौलो व्यक्ति देखा परे एकले अर्कोलाई खबर गरी त्यसको सोधीखोजी व्यापक हुन्छ । विद्यालयमा समयमै छोराछोरी पुगेका छन् या छैनन् त्यसको चासो अभिभावकले गर्दै आएका छन् ।

लामो समयसम्म आसपासका विद्यालय बन्द भए । भूकम्पबाट बच्नको लागि बनाइएका काठ र टिनको बेरा लगाएका घरको झ्याल र ढोका मर्मत सम्भार गरी दह्रो बनाएका स्थानीयले त्रासमै दिन कटाउँदै आएका छन् । गाउँघरमा टुक्रे व्यवसाय गर्ने स्थानीयसमेत समयमै व्यवसाय बन्द गरी बेलैमा घर जाने गर्दछन् । दिनरात त्रासमा बित्ने भएपछि अरुबोटेमा सुरक्षाका लागि प्रहरी पोष्ट राखियोस् भन्ने स्थानीयको चाहना छ । हेर्नुहोस् भिडियो रिपोर्टः

Leave a Reply

Your email address will not be published.