काठमाडौँ । नेपाल टेलिभिजनबाट पुनः प्रसारणमा आइरहेको चर्चित टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रसारणमा आएदेखि नै यसको चर्चा चौतर्फी चल्न थालेको छ ।
नेपाल टेलिभिजनबाट प्रसारणमा आएका धेरैजसो हाँस्य श्रृङ्खलाहरु बन्द भएको समयमा पनि प्रसारणमा आइरहेको मेरी बास्सैले भने अहिले हाँस्य ब्यङ्ग्यसँगै सामाजिक विषयवस्तुहरूमा पनि आफ्ना सामाग्रीहरू तयार पारिरहेको छ ।
प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खला मिडिया हबले उत्पादन गर्दै आएको छ भने युट्युबमा पनि यसलाई अत्याधिक रुचाइएको छ ।
राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छि धुर्वे)ले निर्देशन गर्दै आएको मेरी बास्सै उनीहरुले छोडे पश्चात मनराजा नकर्मीले निर्देशन गर्दै आइरहेका छन् ।
हाल “मेरी बास्सै”को भाग – ६०६ युट्युबमा सार्वजनिक गरिएको छ । यस एपिसोडमा एक सरकारी जग्गा अतिक्रमण गर्दा के कस्तो हुन्छ भन्ने कुरा देखाइएको छ भने मुला सागले सरकारी जग्गा आफ्नो नाममा पास गरेपछि प्रहरीको फण्डामा परेका छन् ।
हेर्नुहोस् “मेरी बास्सै”को भाग – ६०६ : भिडियो सहित