Categories
अन्तरास्ट्रिय

इरिनाले रोनाल्डोको आमा डोलोरेसलाई अपमान गरेका कारण रोनाल्डोले इरिनालाई ब्रेकअप दिए

एजेन्सी, । एक ताका रुसकी चर्चित मोडल तथा हलिउड नायिका इरिना सेक र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रेम निकै गाढा थियो । उनीहरु पाँच वर्षसम्म सँगै देखिएका थिए । प्रत्येक कार्यक्रम र भ्रमणमा सँगै हुन्थे ।

सन् २०१० देखि सुरुवात भएको उनीहरुको प्रेम सम्बन्ध २०१५ मा पुगेर टुंगियो । कारण थियो रोनाल्डोकी ममतामयी आमा मारिया डोलोरेस । हो, इरिनाले रोनाल्डोको आमा डोलोरेसलाई अपमान गरेका कारण रोनाल्डोले इरिनालाई ब्रेकअप दिएका दिए ।

डोलोरेसको ६० औं जन्मदिनमा इरिनालाई पनि बोलाइएको थियो । तर उनले रोनाल्डोको आमाको जन्मदिनमा जान अस्वीकार गरिन् । यहाँ सम्मकी उनले रोनाल्डोलाई समेत नजान भनिन् । यो रोनाल्डो र आफ्नो आमाको लागि ठूलो अपमान र बेइमानी थियो ।

त्यसबेला इरिनाले आमा र आफूमध्ये एक रोज्न चुनौती दिएका थिए । रोनाल्डोले कुनै विचार गरेनन् । इरिनालाई त्याग गर्दै आमा रोजे । किनभने रोनाल्डोको आदर्श महिला भनेकै आमा हुन् ।

क्रिस्टियानो जुनियरलाई समेत आमाको खाँचो थियो । आमा डोलोरेसले इरिनालाई त्यस दायित्व निभाउन पटकपटक आग्रह समेत गरेकी थिइन् । तर इरिनाले आमाको अनुरोध वेवास्था गरेकी थिइन् ।रोनाल्डो सानैदेखि परिवारमा विश्वास गर्ने व्यक्ति, परिवार नै उनको पहिलो प्राथमिकता । रोनाल्डोले ब्रेकअप दिनु अगाडि भनेका थिए,‘हामीले सोच्यौं यो नै उत्तम निर्णय हुनेछ ।

म उनलाई आगामी दिनको शुभकामना दिन चाहान्छु ।’ रोनाल्डोले इरिनालाई त्यागेपछि उनी वियोग र पिडामा परेको इरिनाका साथीहरु बताउँछन् । यतिबेला रोनाल्डोको नयाँ प्रेमिका छिन्, जोर्जियाना रोड्रिग्वेज । उनीहरु सन् २०१६ देखि सँगै छन्। उनीहरुबाट एक छोरीको जन्म भएको छ ।

Leave a Reply

Your email address will not be published.