Categories
मनोरंजन

भुवन केसीका पुर्व पत्नी सुस्मिताले अस्ट्रेलियन नागरिकसँग इंगेजमेन्ट गरिन,नायक भुवन केसीको प्रतिकृया

नेपाली चलचित्रका युवास्टार अनमोल केसीकि आमा सुस्मिताले हालसालै इंगेजमेन्ट गरेकी छिन् । सफल निर्मात्री तथा अभिनेत्री सुस्मिता बम्जनले ९ सेप्टेम्बरमा सिंगापुरमा दक्षिण भारतीय मुलुक फिजीका अष्ट्रेलियन नागरिक किलन स्वामीसंग इंगेजमेन्ट गरेकी हुन् ।

सुस्मिताले इन्गेजमेन्ट गरेपछि यस बिषयमा विभिन्न खालका प्रतिक्रिया आएका छन् । सन् २००१ मा अभिनेता भुवन केसी संग डिभोर्स भएपछि उनी एक्लै बस्दै आएकी थिईन् । गत बर्ष सुस्मिताले चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिईन् ।

पारिवारिक सहमतीमा नै ईन्गेजमेन्ट गरेको अभिनेत्री सुस्मिताको विवाह भने २०१९ को भ्यालेन्टाईन्डेको अवसरमा फिजीमा हुने बुझिएको छ । स्रोतले दिएको जानकारी अनुसार नायक अनमोल केसीको सहमतिमा नै यो ईन्गेजमेन्ट गरिएको हो ।

अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक व्यापारी हुन् । स्वामी अष्ट्रेलियाको के ग्यासका धनाढ्य व्यापारी हुन् ।

सुस्मिताले किलनसँग बिहे गर्ने तयारी गरिरहँदा आफ्नो जीवन पूर्ण भएको बताएकी छिन् । यसैवीच सामाजिक संजालमा सुस्मिताको इंगेजमेन्टको समाचार भाइरल भएपछि उनका पुर्व पति नायक भुवन केसीले पनि प्रतिकृया दिएका छन् ।

लामो समयसम्म पनि बिहे नगरेकी आफ्नी पुर्व पत्नी सुस्मितालाई उनले भने ‘म उनलाई सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु ।’ भूवनले अगाडि भने-‘अनमोल ५ बर्षको हुँदा मसँग डिभोर्स गरेर अलग हुने निर्णय पनि उनले आफै लिएकी थिइन् । यसपटक बिहेको निर्णय पनि उनको आफ्नै हो । म उनलाई शुभकामना दिन चाहन्छु ।’ साभार sampurnajankari बाट 

Leave a Reply

Your email address will not be published.