Categories
अन्तरास्ट्रिय

सलमानले बनाइदिए र बचाइदिए क्याट्रिनाको करियर

एजेन्सी । सुन्दरी नायिका क्याट्रिना कैफ बलीउडकै सालिन र इमान्दार नायिकाको सूचिको शीर्ष स्थानमा पर्छिन् । उनै सुन्दरी नायिका क्याट्रिनाका पछिल्ला फिल्महरु फ्ल्प बन्दै गइरहेको समयमा प्रदर्शनमा रहेको सलमान कट्रिना अभिनित फिल्म ‘भारत’ले चार दिनमा बक्स अफिसमा १ सय ५० करोडभन्दा माथिको व्यापार गरेको छ । इदको दिन रिलिज भएको फिल्मको कमाइको रफ्तार अझ जारी छ ।

आफु अभिनित फिल्मले ब्यापक कमाई र सफलता प्राप्त गरेपछि बलिउड अभिनेत्री कैटरिना कैफले खुसी व्यक्त गरेकी छन् । लगातार कैट्रिना कैफ अभिनित फिल्महरु नचलेपछि कट्रिनाको करियरमाथि नै प्रश्न चिन्ह उठीरहेको थियो जसले उनी निराश र तनावमा थिइन् । अहिले फिल्म ‘भारत’ हिट भएपछि यी नायिका खुसी भएकी हुन् । यो फिल्मले रिलिज भएको चार दिनमा शनिबारसम्म भारतीय बजारमा १२२ करोडको व्यापार गरिसकेको छ ।

फिल्मले अहिलेको व्यापारको हिसाबले २५० करोडको व्यापार गर्ने अनुमान गरिएको छ । सुरुदेखि नै फिल्म भारतको लागि विश्वकप चुनौतीमा रुपमा रहेको अनुमान गरिएपनि विश्वकप क्रिकेटले अलिकति पनि चलचित्रलाई प्रभाव नपारेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २१ जुनमा रिलीज हुने फिल्म ल्म ‘कबीर सिंह’ आउने समयमा यि दुई फिल्मको प्रतिस्पर्धा कस्तो हुने हो त्यो क्षण रमाइलो हुने विश्लेषकहरु बताउँछन् । जसका कारण सलमानको पछिल्ले फिल्म भारतले लामो समयसम्म सिनेमा घरमा एकछत्र राज गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.