महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर स्थित रहेको जिल्ला अस्पताल जलेश्वरको शौचालयमा करिब ६—७ महिनाको नवजात शिशु मृत अवस्थामा फेला परेको छ । ग्लोब्स, सेनेटरी प्याड र गजसहित शौचालयमा शिशु मृत फेला परेको छ । शिशु कसले फालेको विषयमा केहि खुल्न सकेका छैन ।
घटनास्थल हेर्दा चिकित्सककै संलग्नतामा कुनै महिलाले अवैध रुपमा गर्भपतन गराएर शिशु फालेको अनुमान लगाउन सकिन्छ । स्थानीयले घटनाको सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
अवैध रुपमा यौन सम्बन्धबाट जन्मेको सन्तान फालेको घटना पटक पटक सार्वजनिक हुन्छ । तर अस्पतालकै शौचालयमा गर्भपतन गराई बच्चा फालेको महोत्तरीमा यो पहिलो घटना हो । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।
यो पनि हेर्नुहोश
कभर भिडियो बनाउनुहोस् , उत्कृष्टलाइ पुरस्कार सहित अफिसियल भिडियोको मान्यता दिइने
हार्दिक मिडियाले एक गीतको कभर भिडियो प्रतियोगिता आयोजना गरेको छ । सिडि बिजय अधिकारीको आवाज तथा संगीत रहेको तथा हरी उप्रेतीको लेखन रहेको उक्त अडियो गीत हार्दिक मिडियाको अफिसियल यूटुव च्यानलमा सार्वजनिक गरिएको छ ।
कभर भिडियो बनाइरहेका देश बिदेशमा रहने डान्सिङ ग्रुप तथा व्यक्तिहरुले कभर भिडियो बनाउन सक्ने छन् । उत्कृष्ट कभर भिडियोलाइ अफिसियल म्यूजिक भिडियो घोषणा गरि राष्ट्रिय स्तरका मिडियामा प्रचार प्रसार गरिने बताइएको छ ।
गीतकार हरि उप्रेतीले उत्कृष्ट कभर भिडियो निर्माण गर्ने टिमलाइ नगद राशि सहित सम्मान गरिने बताएका छन् । कभर भिडियो बनाएर हार्दिक मिडियाको इमेलमा पठाउने पर्ने छ
https://youtu.be/QcyzttgpDb4