Categories
ताजा समाचार

जङ्गलमा मृत अबस्थामा भेटिएका (एमबिबिएस) विद्यार्थी शिशिरले गुगल सर्च गरी यसरी गरेका रहिछन् आत्महत्या

अर्घाखाँची, जेठ २६ । गत जेठ १७ गते काठमाण्डौको कोटेश्वर बाट हराएका शिशिर ८ दिन पछि शनिवार कृतीपुरको जङ्गलमा मृत अवस्थामा फेला परे । हराइरहेका शिशिर काठमाडौँ मेडिकल कलेजमा चिकित्सा शास्त्र (एमबीबीएस) चौथो वर्षमा अध्ययन गर्थे ।

खनालको शव शनिवार किर्तीपुरस्थित पुष्पलाल पार्क नजिकै जङ्गलमा भेटिएको थियो । उनको स्थायी घर अर्घाखाँची जिल्लाको ढाकावाङ्गमा भएपनी उनी लामो समय देखी काठमाडौँ कोटेश्वरमा १८ वर्षीय भाइ सँग बस्दै आएका थिए ।

शिशिर चढ्दै आएको मोटर साइकल केही दिन पहिले प्रहरीले कृतिपुरको पुष्पलाल पार्कमा फेला पारेको थियो । तर शिशिर भने भेटिएका थिएनन् । मोटरसाइकल भेटिएको सोही क्षेत्रलाई आधार बनाएर खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होविन्द्र बोगटीको प्रहरी टोलीले शनिवार दिउँसो शिशिरको शव फेला पारेको हो ।

मृतक शिशिर खनाल
प्रहरीले शनिबार कीर्तिपुरमा उनको शव सँगै आल्मुनियम फोस्फेट बिषादीको खाली बोतल फेला पारेको हो। केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा भेटिएको प्रवक्ता बोगटीले पुष्टि गरे ।

खनालका परिवारले प्रहरीलाई जानकारी दिएअनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए। २०५८ सालमा सवारी दुर्घटनामा शिशिरले आफ्ना आमाबुबा, दिदीलाई गुमाएका थिए । शिशिर भने सो दुर्घटनामा सकुशल बाँचेको प्रहरी अनुसन्धानमा खुल्न आएको डिएसपी बोगटीले जानकारी दिए ।डिप्रेसनको औषधी खाँदै आएका शिशिर पढाइमा अब्बल रहेको समेत बताइएको छ ।

– आल्मुनियम फोस्फेट विषादी खाएर आत्महत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशिरले आल्मुनियम फोस्फेट भन्ने विषादी औषधी सेवन गरेर आत्महत्या गरेको पाइएको छ । शिशिरले कोटेश्वरमा रहेको एक एग्रोभेटबाट उक्त विषादी किनेका थिए । शव फेला परेको नजिकै शिशिरले प्रयोग गरेको विषादीको खाली डब्बा पनि भेटिएको बताइएको छ ।

प्रवक्ता बोगटीले भने, ‘शिहिरले कुन विषादी खाँदा मृत्यु हुन्छ भनेर आफ्नो ल्यापटपमा विषादीहरुको नाम पनि सर्च गरेको खुल्न आएको छ ।’ यस्तै शिशिरले आत्महत्या कसरी गर्ने भनेर पनि ल्यापटपमा सर्च गरिएको भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.