Categories
मनोरंजन

हालै मात्र ‘ सुपर ३०’ को ट्रेलर सार्वजनिक भएको छ, फिल्मलाई लिएर ऋतिक निकै उत्साहित (ट्रेलर सहित )

जेठ २२ काठमाडौं। बलिउड नायक ऋतिक रोशनको चलचित्र ‘ सुपर ३०’ रिलिजको तयारीमा रहेको छ ।बर्षमा एउटा मात्र फिल्म खेल्ने घोषणा गरेका नायक ऋतिक रोशन चलचित्र काबिल पछि सुपर ३० लिएर आएका हुन ।

हालै मात्र ‘ सुपर ३०’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेरेपछि ऋतिकको यस फिल्म बक्सअफिसमा धुम मच्चाउने विश्लेषण भईरहेको छ । फिल्ममा उनी शिक्षकको भुमिकामा देखिएका छन् । बिहारका चर्चित शिक्षक आनन्द कुमारको जीवनमा आधारित यस फिल्ममा उनी मुख्य भुमिकामा रहेका छन् ।

फिल्मलाई लिएर ऋतिक निकै उत्साहित छन् । आनन्द कुमार बिहारका यस्ता व्यक्ति हुन जसले गरिब तथा पिछडिएका वर्गका विद्यार्थीलाई आईआईटीको परिक्षा पास गर्न योग्य बनाएका थिए ।

जसको संस्था सुपर ३० ले रेकर्ड समेत बनाएको थियो । चलचित्रमा ऋतिकसँगै मृणाल ठाकुरले ऋतिकको नायिकाको रुपमा स्क्रिन सेयर गरेकीछिन् । बिकास बहलले निर्देशन गरेको यो फिल्म जुलाई १२ मा रिलिज हुँदैछ ।

हेर्नुहोस भिडियोः

Leave a Reply

Your email address will not be published.