Categories
सूचना प्रविधि

नेपालमा पछिल्ला वर्षहरुमा साइबर अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखायो

नेपालमा पछिल्ला वर्षहरुमा साइबर अपराधका घटना बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
पछिल्लो समय साइबर अपराधले पनि ठूलो विकराल रुप लिँदै छ । पाँच वर्षको अवधिमा साइबर अपराधसम्बन्धी ३६५ वटा मुद्दा उजुरी प्रहरीकोमा परेको छ ।

आर्थिक वर्ष ०७० र ०७१ को तुलनामा आर्थिक वर्ष २०७५ र ०७६ मा दोब्बरले साइबर अपराध बढेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो १० महिनामा साइबर अपराधसम्बन्धी मुद्दा ११६ जनालाई परेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो चार वर्षमा देशमा एक लाख ८४ हजार ६८५ को संख्यामा अपराधका घटनाहरु भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७४ र २०७५ मा ३९ हजार ३१५ वटा अपराध भएका छन् । यो संख्या अघिल्लो वर्षभन्दा करिब सात हजार ८५५ बढी हो । आव ०७३र७४ मा ३१ हजार अपराधका घटना प्रहरीमा दर्ता भएका थिए ।

आव २०७० र ७१ मा मात्रै देशभर २७ हजार ३८६ वटा अपराधका घटना भए । जुन पछिल्लो समय झनै बढ्दो क्रममा छ । २०७१ र ७२ मा ६८४ वटा अपराधको घटना बढेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सामाजिक अपराध धेरै

नेपाल प्रहरीको तथ्याङ्क अनुसार सामाजिक अपराधका घटना धेरै हुने गरेको पाइएको छ । पछिल्लो ६ वर्षमा ६० हजार ८९४ वटा सामाजिक अपराधका घटनाहरु भएका छन् । जुन कुल घटनाको ३३ प्रतिशत हो ।

पछिल्लो आव २०७५ र ०७६ को १० महिना मात्रै ७ हजार ४९८ वटा सामाजिक अपराधका घटनाहरु भएका छन् । प्रत्येक महिना औसतमा ६२४ वटा सामाजिक अपराधको घटना हुने गरेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

सामाजिक अपराधअन्तर्गत धर्म परिवर्तन, राज्य विरुद्वको अपराध, जातीय भेदभाव तथा छुवाछुत, आवश्यक वस्तु संरक्षण ऐन, कुटपिट अंगभंगलगायत मुद्दा रहेका छन् ।

संगठित तथा आर्थिक अपराध पनि बढ्दो

२०७० र २०७१ आर्थिक वर्षमा मात्रै देशभर तीन हजार २ वटा संगठित तथा आर्थिक अपराध भएको देखिन्छ । यो तथ्यले प्रत्येक महिना औसतमा २५० वटा संगठित तथा आर्थिक अपराध भएको देखाउँछ ।

२०७० र २०७१ आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५ र २०७६ चैतसम्म संगठित तथा आर्थिक अपराधको संख्या बढ्दो रहेको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७५ र ०७६ चैतसम्म ३ हजार ९२७ वटा संगठित तथा आर्थिक अपराध भएको देखिन्छ । पछिल्लो दस महिनामा प्रत्येक महिना औसतमा ३१० वटा संगठित तथा आर्थिक अपराध हुने गरेका छन् ।

आर्थिक वर्ष २०७१ र ७२ मा तीन हजार १८९ घटना भएको थियो भने यो संख्या आर्थिक वर्ष २०७२ र ७३ मा बढेर तीन हजार ७२३ पुग्यो । आर्थिक वर्ष २०७३ र ०७४ मा यो संख्या घटेर तीन हजार ५९३ पुगेको देखिन्छ । तर, आर्थिक वर्ष २०७४ र २०७५ मा यो संख्या ह्वातै बढेर चार हजार ५६५ पुगेको छ ।

जुवा, खोटा चलन, ठगी, लागूऔषधको कारोबार, कालोबजारी, अपहरण तथा शरीर बन्धक, अवैध चन्दा संकलन, सरकारी छाप दस्तखत कीर्ते, संगठित अपराध र हातहतियार तथा खरखजानासम्बन्धी मुद्दालाई प्रहरीले संगठित तथा आर्थिक अपराध भनेर उल्लेख गरेको छ ।

लागूऔषध कारोबार पनि भयावय

प्रहरीमा उपलब्ध तथ्याङ्कलाई हेर्दा संगठित तथा आर्थिक अपराधमा लागूऔषध कारोबारका घटना सबैभन्दा डरलाग्दो देखिन्छ । पछिल्लो ६ वर्षमा १३ हजार ९४२ जना लागू औषध कारोबारको आरोपमा संलग्न भएको पाइएको छ ।

आर्थिक वर्ष २०७४ र २०७५ मा मात्रै तीन हजार ८८ जनाले लागू औषधको कारोबार गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो १० महिनामा प्रत्येक महिना औसतमा २२८ जनाले लागूऔषधको कारोबार गर्ने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

विगतमा भन्दा पछिल्ला वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेको नेपाल प्रहरीको तथ्याङ्कले पुष्टि गर्छ ।

चार वर्षमा २३ हजार मुद्दा दर्ता

पछिल्लो चार वर्षमा मात्रै प्रहरीमा २३ हजार २२० वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । जसमा १५ हजार ६२५ जना मात्रै लागूऔषध कारोबार संलग्न रहेको आरोपमा पक्राउ परेको प्रहरीको तथ्याङमा उल्लेख छ ।

अपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ३० हजार ७८६ जना पक्राउ गरेको छ । जसमा एक हजार ७३२ जना महिला रहेका छन् भने २९ हजार ०५४ जना पुरुष रहेका छन् ।

यस्तै विभिन्न अपराधमा संलग्न ६०९ जना विदेशी पनि पक्राउ परेका छन् । प्रहरीको तथ्याङ्कअनुसार २०७२र०७३ मा १६४ जना पुरुष पक्राउ परेका छन् भने ८ जना महिला पक्राउ परेका छन् ।

यस्तै २०७३र०७४ मा यो सङ्ख्या बढेर १९३ जना पुरुष र १७ जना महिला पक्राउ परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । २०७४ र ०७५ मा २१५ जना पुरुष र १२ जना महिला पक्राउ परेका छन् ।

प्रहरीको तथ्याङ्कका अनुसार २०७५ र ०७६ चैतसम्म १७१ जना विदेशी नागरिक पुरुष पक्राउ परेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलका अनुसार कसरी हुन्छ पैसा कमाउने उद्देश्यले प्रेरित अपराधका घटनाहरू हुने गर्छ । प्रवक्ता पोखरेलले भने, ‘अपराधको संख्या बढ्दैमा मात्र सुरक्षा खस्कियो भन्न चाहिँ मिल्दैन ।’ ‘छिटो धनी बन्ने लालसाले संगठित तथा आर्थिक अपराधकर्ममार्फत पैसा कमाउने प्रवृत्ति छ,’ प्रवक्ता पोखरेलले भने, ‘संगठित तथा आर्थिक अपराधका अधिकांश घटनामा छिटो धनी बन्ने लालसाका कारण घटना भएको देखिन्छ ।’

अशिक्षा, गरिबी र विपन्नताको कारणले समाजमा अपराध बढ्ने गरेको उनले बताए । उनले भने, ‘पारिवारिक रिसीइबीको कारण र आर्थिक लेनदेनका कारण अपराध बढ्दो छ ।’ प्रवक्ता पोखरेलले आफूहरू अहिलेको शान्ति सुरक्षाको अवस्थाबाट पूर्ण रूपमा सन्तुष्ट नरहेको र सुधारको प्रयास गरिरहेको बताए

Leave a Reply

Your email address will not be published.