Categories
ताजा समाचार

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय लाई नियन्त्रणमा लिएको हो ।  उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।  उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोश 

काँचुली  चलचित्रको छायांकन काठमाडौँ मा तिव्र गतिमा

बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भैरहेको चलचित्र काँचुलीको छायाँकन काठमान्डाँै का विभिन्न ठाउँमा छायाँकन तिव्र गतिमा भैरहेको निमार्ण पक्षले बताएको छ  ।

शंकर अधिकारी घायलको लेखन तथा  निर्देशन रहेको नेपाली कथानक चलचित्र काँचुली मा बास्तविक जिवनमा मानिसले देखाउने विभिन्न गतिविधीलाई चलचित्रमा उतारिएको छ  । जसरी सर्पले आफनो अवस्था अनुसार काँचुली फेर्छ त्यसरी नै मानिसले पनी आफनो समयानुकुल ब्यावहार परिवर्तन गर्छ भन्ने कुरालाई चलचित्रमा देखाउने प्रयास गरिएको छ  ।

चलचित्रमा शुभेच्छा थापा ,राजन महर्जन ,रिजन बिसुन्खे,राजन श्रेष्ठ ,अस्मि थापा,अन्जना ज्योती,आर जे भिलेन,गोबिन्द लामा,मिलन तामाङ ,रुपक भण्डारी ,बिपिन केसि,शुभास गजुरेल रश्मि भट्ट ,रामशरण खत्री को अभिनय रहेको छ  ।

छायांकन सुशील डागी, सम्पादन बिश्वास भण्डारी ,नृत्य राजन महर्जन ,द्वन्द्व देव महर्जन , स्वर नित्या शिवा , बाबुल गिरी , शम्भु रैकाको रहेको छ  । संगीत बाबुल गीरी,राजेन्द्र बजगाइ,शंकर अधिकारी घायल को रहेको छ भने मङ्सिरमा  रिलिज गर्ने लक्ष्यको साथ छायाँकन गरिएको छ ।  चलचित्र मा मुख्य सहायक निर्देशन अशोक थापा र मिडिया कोर्डिनेटर रोशन पोखरेल को रहेका छन ।

 

 

Leave a Reply

Your email address will not be published.