Categories
ताजा समाचार

विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा)ले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयास

काठमाडौँ : नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा)ले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयास गरेको छ ।

आईतबार राती करिब २५ /३० जनाको समूहमा आएका विप्लव कार्यकर्ताले महाकुलुङ गाउँपालिका-३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेका हुन् ।

महाकुलुङ क्षेत्रमा केहि दिन देखि विद्युतका कारण नेपाल टेलिकमद्धारा वितरित सञ्चार सेवा अबरुद्ध भएको मौकामा नेकपा कार्यकर्ताले चौकी कब्जा गर्ने योजना बनाएको सूचना पाएपछि प्रहरी चौकी छाडेर अन्यत्र गएकाले कुनै घटना हुन नपाएको बताइएको छ ।विषयमा अधिकारिक धारणा सार्वजनिक गर्न जिल्ला प्रशसन

गएराती करिब १२ बजे प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता प्रहरी नभेटेपछि बिहान ३ बजेसम्म सोहि स्थान वरिपरी बसेर फर्किएका थिए।सोहि
कार्यालयमा सुरक्षा समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जानकरी दिए ।

विप्लव नेकपाबाट सुरक्षा चुनौती बढेपछि अहिले त्यस क्षेत्रमा हेलिकोप्टरमार्फत प्रदेश र जिल्लाबाट नेपाली सेना र प्रहरीको टोली पठाइएको छ । प्रहरी चौकी सदरमुकाम सल्लेरी देखि करिब २५ कोश टाढा दुर्गम स्थानमा पर्छ ।
प्रकाशित : सोमबार, जेठ २०, २०७६०७:२९।

काठमाडौँ : आफ्नै १३ वर्षीय छोरीमाथि जबर्जस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

आफूमाथि जबर्जस्ती गरेको भन्ने बालिकाको मौखिक उजूरीका आधारमा ४५ वर्षीय बावुलाई प्रहरीले पक्राउ गरेको होबालिकाको उजूरीपछि आरोपितलाई आईतबार साँझ पक्राउ गरि लिखित उजुरीको लागि परिवारका अन्य सदस्यसहित जनप्रतिनिधिलाई कार्यालयमा बोलाएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।उनका अनुसार पीडित बालिकालाई स्वास्थ्य परिक्षणको लागि भरतपुर लैजाने तयारी भइरहेको छ ।प्रकाशित : सोमबार, जेठ २०, २०७६०६:४१

Leave a Reply

Your email address will not be published.