Categories
ताजा समाचार

स्थानीयबासीले भत्काएको बार उठाउन थाले अन्तराष्ट्रिय क्रिकेट रंगशाला पूर्ण निर्माणकोअबस्तामा

१८ जेठ, चितवन । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउण्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् ।फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल

धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए ।

जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा लगाएको बार स्थानीयबासीले डोजर लगाएर भत्काएका थिए । घटनामा संलग्न रहेको आरोपमा १७ जना पक्राउ परेका छन् भने फाउन्डेसनले सुरक्षा नभएको भन्दै काम रोकेको थियो ।

रंगशालाको पश्चिम क्षेत्रमा बाटोलाई लिएर विवाद भएको थियो । हाल त्यहाँ ७ मिटरको बाटो छ । रंगशाला निर्माण भएपछि ३१ मिटरको बाटो बन्दा आफ्नो उठिबास हुने भन्दै स्थानीयबासीले अहिले नै जग्गा छुट्याउन माग गरेका थिए । तर, फाउन्डेसनले यसबारे आफूले निर्णय गर्न नसक्ने भन्दै डीपीआर आएपछि छलफल गर्ने आश्वासन दिए । त्यही विवादमा स्थानीयबासीको समूहले जोडर लगाएका थिए ।

त्यसपछि फाउण्डसेन र स्थानीयबीच आरोप प्रत्यरोप सुुरु भयो ।

तर, शुक्रबार राति अवेर भरतपुर १६ र १७ का टोलसुधार समितिका प्रतिनिधि र धर्मुस सुन्तली फाउण्डेशनबीच सहमति भएको छ ।फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलकै उपस्थितिमा भएको भएको बैठकमा स्थानीय अगुवाहरुले घटनाप्रति दुःख व्यक्त गर्दै आत्मालोचना गरेका छन् । साथै भत्काएको बार स्थानीय टोल सुधार समिति र स्थानीयको पहलमा पुर्ननिर्माण गरी काम अगाडि बढाउने बताएका छन् ।

रंगशाला निर्माणमा अवरोध नगर्ने भन्दै उनीहरुले तत्काल काम अघि बढाउन आग्रह गरेका छन् ।निर्णयमा शान्तिदीप टोल विकास संस्थाका मिनबहादुर लामा, पालुवा टोल विकास संस्थाका मिनबहादुर बस्नेत, रामपुर टोलविकास संस्थाकी रिता बास्ताकोटी, प्रकृति टोलविकास संस्थाका रामचन्द्र बास्ताकोटी र राधाकृष्ण टोल विकास संस्थाका शुशील लामाले हस्ताक्षर गरेका छन् ।

फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले पनि आफ्नो उपस्थितिमा स्थानीयबासीको निर्णय भएको स्वीकार गरे । ‘सहमतिपछि स्थानीयले नै ढलेको बार उठाउन थालेका छन् । सहमति व्यवहारमा कार्यान्वयन भएपछि हामीले काम सुरु गर्छौ भनेका छौं’ उनले अनलाइनखबरसँग भने ।रंगशालामा देखिएको विवादका कारण सहयोगी मनहरुमा चोट परेको भन्दै उनले सबैसँग माफी मागेका छन् ।

Leave a Reply

Your email address will not be published.