Categories
ताजा समाचार

पछिल्लो पटक धरानमा डेंगूका कारण १९ दिनमै ७३ जना बिरामी

पछिल्लो पटक धरानमा डेंगूका ७३ जना बिरामी भेटिएका छन्। यो संख्या धरानमा १९ दिनको अवधिमा भेटिएको हो।
डेंगू रोग नियन्त्रणबाहिर हुँदै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरेर धरान उपमहानगरपालिकासँग मिलेर ¥यापिड रेस्पोन्स टिम गठन गरेको जानकारी दिएको छ।

यो टिमले उपमहानगरसँग मिलेर समुदायस्तरमा पुगेर डेंगुको अण्डा र लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको पनि प्रतिष्ठानले जनाएको छ। ‘डेंगुको प्रकोपबारे हामी गम्भीर छौं, त्यसैले नियन्त्रणका लागि सक्दो सहकार्य र प्रयास गरिरहेका छौं,’ अस्पतालले जनाएको छ ।

प्रतिष्ठानकी माइक्रोबायोलोजी विभाग प्रमुख प्राडा बसुधा खनालले प्रतिष्ठानमा ११४ जनामा जाँच हुँदा ६० जनामा डेंगु पुष्टि भएको जानकारी दिइन्। यो संख्या मे १२ देखि ३१ तारिखको बीचमा भेटिएको हो।

हालसम्म ¥यापिड टेष्ट मात्र भएकोले डेंगु भएको पुष्टि भए पनि कुन टाइपको डेंगु हो भन्नेर प्रस्ट भने नभएको उनले बताइन्। कुन टाइप हो भन्ने थाहा पाउन सिरोटाइपिङ गर्नुपर्छ। ‘अहिलेसम्म १९ दिनमै ६० जनामा देखियो, अझै अस्पतालसम्म नआइपुगेको धेरै होलान्।

त्यसैले संख्या अझै बढी छ,’उनले भनिन्, ‘रोग प्रतिरोध क्षमता बलियो भएको व्यक्ति अस्पतालसम्म आउँदैनन्, संख्या अझै धेरै हुनसक्छ।’

यस्तै, धरान–१० स्थित विजयपुर हस्पिटलमा पनि डेंगुका १३ बिरामी उपचार गराएको उक्त अस्पतालले जनाएको छ। ज्वरो भएर आएका करिब २२ जनामा संक्रमण देखिएको भए पनि १३ जनाले मात्र अस्पतालमा उपचार गराएको निर्देशक प्रभाव खतिवडाले जानकारी दिए।

‘हाम्रोमा १३ जनाले उपचार गराए, ५ जना त अहिले पनि अस्पतालमा नै छन्,’ उनले भने। धरानमा भेटिएका बिरामीहरू ६ वर्षका देखि ६१ वर्षका वृद्धसम्मलाई डेंगु भएको छ।

चिकित्सकका अनुसार मनसुनपछि डेंगु देखिनुपर्ने भए पनि यस वर्ष छिटो देखापरेको छ। यसअघि, करिब २ वर्षअघि पनि धरानमा डेंगुको प्रकोप देखिएको थियो।

यसपालि चाँडै पानी परेको र गर्मी पनि अत्यधिक बढेका कारण डेंगुको संक्रमण फैलिएको हुनसक्ने प्रतिष्ठानकी माइक्रोबायोलोजी प्रमुख डा।खनालले बताइन्। ‘डेंगु संक्रमित मच्छडले अण्डा पारिराखेको हुन्छ, त्यसमा पानी परेर र गर्मी बढेपछि लार्भा भएर मच्छड हुने र मान्छेलाई टोकेर संक्रमित भएको हुनसक्छ,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published.