Categories
ताजा समाचार

दुवै नेताले भेटमा दुई देशबीचको सम्बन्धलाई जनस्तरमै सम्म थप गहिरो बनाउने प्रतिबद्धता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय बैठक सकिएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई दोस्रो कार्यकालका लागि बधाई तथा शुभकामना दिएका थिए।

‘दुवै नेताले भेटमा दुई देशबीचको सम्बन्धलाई जनस्तरमै सम्म थप गहिरो बनाउने प्रतिबद्धता जनाउनुभयो,’ ओली–मोदी भेटवार्तापछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले आफ्नो ट्वीटरमा उल्लेख गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालयको सपथग्रहण कार्यक्रममा सहभागी हुन ओली बिहीबार नयाँदिल्ली पुगेका थिए । राष्ट्रपति निवासमा बिहीबार साँझ सपथग्रहणमा सहभागी भएपछि ओली भारतीय राष्ट्रपतिले आयोजना गरेको रात्री भोजमा सरिक भएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सपथग्रहणमा सहभागी हुन बिमस्टेक सदस्य राष्ट्र नेपाल, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार र थाईल्याण्डका सरकारप्रमुखलाई निम्तो दिएका थिए । बिमस्टेकका अलावा मौरिसस र किर्गिस्तानका सरकारप्रमुख पनि सहभागी भएका थिए।

सपथग्रहणमा सहभागी हुन आएका बिभिन्न देशका सरकारप्रमुखसँग मोदीले शुक्रबार बिहानबाट भेटवार्ता सुरु गरेका हुन् । सबैभन्दा पहिला उनले किर्गिस्तानका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए। त्यसपछि श्रीलंकाका राष्ट्रपति र मौरिससका प्रधानमन्त्रीसँग मोदीले भेटवार्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published.