Categories
ताजा समाचार

कुञ्जना घिमिरे आक्रोसित हुँदै संलग्न सबैले माफी माग्दै क्षतिपुर्ती दिनु पर्ने माग गरिन् (भिडियो सहित)

काठमान्डौ , चितवनमा निर्माणधिन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण स्थलको बारमा डोजर लगाईएपछि यस घटनाको चौतर्फी आलोचना भईरहेको छ । नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले रंगशालाको बार भत्काईदिएपछि यसको निकै बिरोध भयो ।

घटनाको व्यापक आलोचनपछि संलग्नहरु प्रक्राउ परिसकेका छन् । घर परिवार , भोक केही नभई देशका लागि रंगशाला निर्मााण् गर्न लाग्दा भएको अवरोधपछि सिताराम कट्टेल धुर्मुसले मन मात्र दुखाएनन् आँसु नै खसाले ।

बार भत्किएको देखेका उनले जीवनमै यो भन्दा कारुणिक दृश्य नदेखेको भन्दै रोए । घटनापछि कुञ्जना घिमिरे पनि चितवन आईपुगेकीछिन् । उनले रंगशालाको बार भत्काएपछि आक्रोसित हुँदै संलग्न सबैले माफी माग्दै क्षतिपुर्ती दिनु पर्ने माग गरिन् ।

उनले डोजर रंगशालाको बारमा नभई बिदेशमा खाडीमा रगत र पसिनामाथि चलेको बताईन् ।

उनले भनिन् “सबै नेपालीहरुको मन भत्काईएको छ । रंगशालामा यतिबेला जति पनि संरचनाको काम भईरहेको छ सबै खाडीमा रगत पसिना बगाएर काम गर्ने , आफनो तरकारी खाने खर्च कटाएर दिएको दाजुभाईको पसिनामाथि डोजर लगाईयो” ।

उनले डोजर लगाउन नेतृत्व गर्ने र बार भत्काउँन संलग्न रहेका सबै स्थानीयहरुले सजाय पाउँनु पर्ने माग गरिन् । त्यतीमात्र होईन । ती व्यक्तिहरुबाट क्षतिपुर्ती भराउँनु पर्ने उनले बताईन् ।

उनले भनिन् “बार भत्काउँनेलाई देश देशद्रोही भन्छु त्यस्ता देश बिरोधी हरुलाई कडा भन्दा कडा सजाय हुनु पर्छ ।डोजर लगाउँने मुख्य प्रकाश कँडेलको पृष्ठभुमीको बारेमा नै खोजतलास हुनु पर्छ ।

अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको छ त्यसले चित्त बुझ्दैन।त्यसलाई खुले आम देखाउनु पर्छ । जुत्ताको माला लगाउँनु पर्छ । रकम सहयोग गर्ने सबैसंग घुँडा टेकेर माफी माग्नु पर्छ” ।

उक्त घटनाले आफनो मन भत्किएको , मन रोएको बताउँदै उनले स्थानीयले रंगशाला निर्माणको घोषणा गर्दा घडा राखेर स्वागत गरेको तर रंगशालाको बार भत्काउँदा स्थानीय एक जुट नभएको भन्दै उनले गुनासो पोखिन् ।

उनले धुर्मुससंगै कामदारहरुको पनि ज्यान नै जोखिममा परेको भन्दै उनले भनिन् रंगशालाको काम तब मात्र सुरु हुन्छ जब धुर्मुस सुन्तलीको मात्र होईन रंगशालामा काम गर्ने कामदार , संरचनाको सरोकारवालाहरु र स्थानीयहरुले ध्यानार्कषण गर्दै रंगशाला निर्मााणको लागि सकुशल वातावरण सृजना गर्छन् तब मात्र हामीले यो कामको थालनी गर्नेछौँ ।

Leave a Reply

Your email address will not be published.