Categories
ताजा समाचार

अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न स्थानीय नेता प्रकाश कँडेललाई निलम्बन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न स्थानीय नेता प्रकाश कँडेललाई निलम्बन गरेको छ । पार्टीले सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ ।

जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’द्धारा आज (विहीबार) जारी एक विज्ञप्तीमा घटनामा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै क्षतिपुर्ती भराउन समेत माग गरेको छ । पार्टीले घटनाप्रति दुःख समेत व्यक्त गरेको छ ।

नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिवद्धता जनाएको छ ।

यस्तै भरतपुरका तीन वटा वडाका नेताहरुले पनि निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कारवाही गर्न माग गरेका छन् ।

नेकपा वडा नं.१५, १६ र १७ ले घटनामा संलग्नलाई निश्पक्ष छानविन गरी सांगठनिक कारवाही गर्न माग गरेको हो । साथै रंगशालाको नियमित कार्य संचालनका लागि सहज वातावरण बनाउन फाउण्डेशनलाई अस्वस्थ पार्दै आमसमुदायसंग सहयोगका लागि अपिल गरेको छ ।

विज्ञप्तीमा भरतपुर १५ का लावण्य शर्मा, कृष्ण अधिकारी, शान्ता पोखरेल, भरतपुर १६ का बद्री प्रसाद चापागाई, नारायणप्रसाद अधिकारी, ओमबहादुर रावल र भरतपुर १७ का दामोदर पौडेलले हस्ताक्षर गरेका छन् ।

बुधबार विहान नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा पुगेको एक समूहले रंगशाला निर्माणस्थलमा लगाईएको जस्ताको बार डोजर लगाएर भत्काएका थिए । प्रहरीले घटनामा संलग्न कँडेलसहित १७ जनालाई पक्राउ गरेको छ ।शाबर  naryani online news

Leave a Reply

Your email address will not be published.