Categories
ताजा समाचार

पत्रकार रबि लामिछानेको खुल्यो अर्को रहस्य पढ्नुहोस एक पटक अबस्य !

केन्द्रबिन्दु बाट साभार भोक प्यासले छट्पटाईरहेकालाई एक गाँस ढिडो र एक लिटर पानी दिँदैमा ऊ अघाउदैन तर उसमा बाँच्ने आशा भने अवष्यै पलाउछ । उपचार नपाएर तड्पीरहेका घाइतेले प्राथमिक उपचारलाई नै ठूलो राहत ठान्छ । अर्थात जहाँ अभाव र समस्या हुन्छ त्यहाँ सानो सहयोगको पनि ठूलो महत्व हुन्छ । अहिले नेपाली समाजमा यस्तै अनेकन समस्याको चाङले डेरा जमाईरहेका छन् । चाहे त्यो सामाजिक संस्कारका नाममा होस् अथवा राजनीतिक आस्थाका आधारमा ।सानाको समस्यालाई ठूलाठालुहरुले अवसरकारुपमा प्रयोग गरिरहेका छन् । उनीहरुलाई प्रलोभन र पाखुराको प्रभावमा पारी दमन गर्ने र पीडितका नाममा आपूm मोटाउने प्रवृति यत्रतत्र सर्वत्र छ । हामी सबै केही न केही ब्यक्ति, सस्था अथवा क्षेत्रबाट यस्ता अन्याय, अत्याचार र शोषणमा परिरहेका छौ तर बोल्न सकिरहेका छैनौ । आप्mनो समस्या कसैले सम्बन्धित ठाउँमा पु¥याई दिए हुन्थ्यो भन्ने पीडितको मनशाय हुन्छ । यही मनशायलाई पत्रकार रबी लामिछानेले ब्यवहारमा उतार्ने कोसिस गरेका मात्र हुन् । पीडक र पीडितबीच पुल मात्रै बनेका हुन् । अन्यथा उनी न भगवान हुन् न त उनले कुनै बिशाल पर्वत नै पन्छाएका छन् ।

जन्मिएपछि यति काम त हामी सबैले गर्नुपर्ने हो । नागरिकले नगरे सरकारले गर्नुपर्ने हो । आखिर जे होस् रबीले तानेको लहरोले सिंगो पत्रकारिता, प्रशासन र नेपाली समाजको चरित्र उदाँगो पारेको छ । पछिल्लो प्रकरणका बारेमा भन्नुअघि उनको विगतका कुरा बुभ्mन जरुरी छ । कुनै देशको नागरिकता लिनुअघि पहिले लिएको नागरिकता त्याग्नुपर्ने नियम अवलम्बन गर्दै उनले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका थिए । समय परिस्थितीले उनलाई फेरि नेपाल आउन मन लाग्यो, आयो र यहा वाहवाही पाउने काम ग¥यो । नेपालकै नाममा गिनिज बुकमा नाम लेखायो । कुनै देशको नागरिकले आप्mनो देशको नागरिकता त्याग्दा दुःखी हुनु स्वभाविक हो भने पुनः फर्किनु गर्वको कुरा हो ।

लामिछानेले कुनै बेला नेपाल सरकारकै टेलिभिजन (नेपाल टेलिभिजन) मा ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रम चलाउथे । तत्कालिन प्रधानमन्त्री प्रचण्डले उनलाई हटाएर अर्कै संचालक यूनिट ल्याएपछि उनले एक निजी टिभीमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउन थाले । आप्mनो आवाज गुम्साएर राख्न विवस जनताले उनको कार्यक्रमलाई प्रयोग गरे र एकाएक उनी हिट बने । पछिल्लो समय चिया चौतारीदेखि बिश्वका कुनाकन्दरामा समेत उनको चर्चा हुन्छ । उनको काम के कस्तो थियो दुनियाँलाई थाहै छ । अतः उनले ‘पत्रकार भनेकै रबी लामिछाने’, ‘न्याय नपाए रबी लामिछानेलाई भन्नु’ जस्ता ब्राण्ड बनाउन सफल भए । उनको यो सफलता सिंगो नेपालीको सफलता हो ।

पछिल्लो घटनाक्रम अध्ययन गर्दा उनको ‘वर्क परमिट’ सरकारले नविकरण नगरिदिएको देखिन्छ । यसैबीचमा उनले नेपाल सरकारकै टिभी एनटिभीमा ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रम चलाए । अचम्म यहाँनेर छ कि ‘वर्क परमिट’ समेत नभएको भए उनलाई किन सरकारी टिभीमा कार्यक्रम चलाउन दिईयो ?

यद्यपि उनले केही महिनाअघि नै नेपालस्थित अमेरिकी दुतावासमा भिसा र अमेरिकी नागरिकता बुझाएको प्रमाण पेश गरेका छन् । यति लामो समयपछि मात्रै कागजात फिर्ता गर्नुमा उनको पनि केही कमजोरी देखिएका छन् । ‘सके नेपालमै बस्ने नसके फेरि अमेरिका नै जाने’ उनको मनशाय हो कि भन्न सकिन्छ । किनकी नेपालमा सच्चा पत्रकारीता गरेर जीउन त्यति सहज छैन । युरोपियन नागरिकता पाउनकैलागि नेपालीहरु मरिहत्ते गरिरहेको परिप्रेक्ष्यमा आफुसँग भएको नागरिकता फिर्ता गर्दा जीवन दुब्ने हुन कि भन्ने सोच पलाउनु स्वभाविक पनि हो । तर पछिल्लो समय उनले अमेरिकी नागरिकता त्यागेका छन् । अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किने उनी नै पहिलो नेपाली होलान् सायद । तसर्थ पनि उनी धन्यवादका पात्र हुन् ।

यसै प्रसँगमा हामीले बिचार गर्नुपर्ने कुरा के हो भने य्ुरोपियन ग्रिनकार्ड लिएर नेपालको तलबभत्ता खानु ठिक कि बेठिक ? भिसा समेत नबिकरण नगरि बस्ने बिदेशीहरुबारे अनुगमन हुन्छ कि हुदैन ? कतै उनीहरुले सहयोगका नाममा स्वार्थपुर्ती पो गरिरहेका छन् कि ? अझ लाजमर्दाे कुरा त के छ भने अंगीकृत नागरिकता लिएर राष्ट्रियतामाथि भईरहेको प्रहारबिरुद्ध बोल्ने कहिले ? रबी लामिछानेका बारेमा जस्तै गरी यी सबै विषयमा खोजतलास गर्नुपर्ने बेला आएको छ ।

नेपाल सरकारका कर्मचारीले ग्रिनकार्ड लिन नपाउने नियम ल्याउँदा मन्त्री लालबाबुमाथि ठूलै इबी साँध्ने काम भएको थियो । युरोप पस्नका लागि करोडौ खर्चिन तयार हुने, बलबुत्ताले भ्याएजतिको चाप्लुसी गर्ने, भारत घुम्न समेत चाकडी बजाउनुपर्ने हामीले अमेरिकी नागरिकता समेत त्यागेर नेपालमा केही गर्छु भन्नेको अझै बिरोध गर्ने कि प्रशंसा ?

मन नपरेको मान्छेको गल्ती भेट्नासाथ हामीले कुर्लेर गाली गर्न तम्सिन्छौ । उसले गरेका सबै राम्रा कामहरुलाई बारीमा पाटामा हुत्याई दिन्छौ । त्यसैले त भनिन्छ नि ‘तपाईले जतिसुकै राम्रो काम गर्नुहोस् तर विरोधीहरु तपाईको एउटा गलत कामको खोजीमा हुन्छन् ।’ रबीले गल्ती नै नगरेका होईनन् तर गल्ती सच्याएपछि त उसको राम्रो कामको तारिफ गर्न सक्नु पथ्र्याे । तर विडम्वना अझै पनि कतिपय लाजमर्दाे तर्क गरेर उनलाई लखेटिरहेका छन् ।

हामी आफू प्रगति गर्न चाहन्छौ तर अरुको प्रगति देख्न सक्दैनौ । अरुको सफलता देख्छौ तर संघर्ष देख्दैनौ । सफलताको सिंढी चढिरहेकालाई ओराल्नका निम्ति निहु खोज्दै छेउकुना भौतारिन्छौ हामी । ढलको पानीले खाना पकाएको देख्दैनौ तर त्यही खानामा भेटिएको सानो बालुवालाई ईस्यू बनाउछौ ।

रबी प्रकरणमा हाम्रो समाज दुईभागमा विभाजित देखिएका छन् । केही पत्रकार, सरकारी निकायका प्रमुखहरु, दलालीहरु रबीलाई बस्न खान नदिन हात धोएर लागिपरेका छन् भने बिदेशमा कार्यरत नेपाली र आम सर्वसाधारणहरु उनको पक्षमा लागिपरेका छन् । एक ब्यक्तिका पछाडि यति साह्रो मरिमेटेर लाग्न आवश्यक नै थिएन खास ।
हामी साह्रै दुईजिब्रे छौ । देशमा सुशासन भएन, घुसखोरी बढ्यो, कमिसनखोरी बढ्यो, बिकास भएन, ठेकेदारले ठग्यो, बलात्कार बढ्यो, नेतागिरी बढ्यो, रोजगारी नै पाइएन, ठूलाबडाले अन्याय ग¥यो, दलाली बढ्यो, सानालाई ऐन, ठूलालाई चैन, गुन्दागर्दी बढ्यो, हत्याहिंसा बढ्यो, कालोधन बढ्यो आदि इत्यादि भनेर एकातिर वाक्कदिक्क मान्छौ अनि अर्काेतिर यस्तो वेथिती, विकृती र विसंगतीबिरुद्ध चुईक्क बोल्दैनौ । आफू पनि बोल्दैनौ र निरन्तर बोल्ने रबी जस्तालाई पाता कस्न हरदम तम्तयार हुन्छौ । आपूm पनि अघि नसर्ने र अघि बढेकालाई पनि रोक्ने हाम्रो मनस्थितीकै कारण हामी हैरानी छौ ।

रबीले बिदेशमा बेचिएका कयौ नेपालीको उद्धार गरे । नाममात्रैको काम गरेर ठग्ने ठेकेदारलाई नांगेझार पारे । घुसबिना कामै नगर्ने कर्मचारीलाई समाए । बलात्कारीलाई कारबाही गराउन अघि सके । कमिसन खोरी, दलाली र ठालूहरुलाई सोच्न बाध्य बनाईदिए । के यो सबै गलत थिए ? रबीले न्यायलय र प्रशासनको काम सह्हालेका होईनन् जनता र ती निकायबीचको पुलको काम मात्रै गरेका हुन् । बाटोमा कसैलाई कसैलाई रामधुलाई गरिरहेको देख्यौ भने हार गुहार गरेर सहयोग गर्ने कि ‘म त पुलिस होईन’ भन्दै ट्वाल्ल हेरेर बस्ने ? ऐन कानून पालना गराउने काम सरकारी निकायको हो तर त्यसलाई सघाउने जिम्मा हरेक नागरिकको हो । एउटा जिम्मेवारी निर्वाह गर्दैमा पुलिस बन्यो, न्यायधिस बन्यो भन्नु लाजैमर्दाे हुन्न र ? छिमेकीको घरमा चोरी भैरहेको देख्दादेख्दा तपाई सेल्फी खिचेर बस्ने ?

अचम्म त यो छ कि रबीलाई खुचिङ भन्नेहरुमा पत्रकारहरु नै अग्रपंिक्तमा छन् । जब तत्कालिन प्रधानमन्त्री प्रचण्डले उनलाई कार्यक्रममा गलहत्याए त्यतिबेलादेखि रबी र केही पत्रकारहरुबीचको दुरी बढेको थियो । बिना कुनै जानकारी, बिना कुनै गल्ती उनलाई कार्यक्रमबाट हटाईएको थियो । रबीले हारगुहार माग्दा पनि कार्यक्रममा नराखिएपछि उनले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम ल्याएका थिए । जुन कार्यक्रमले ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रम समेत ओझेलमा परे । अहिले कतिपय पत्रकारहरु रबीसँग यही देखावती इख साटिरहेका छन् । भित्रि आत्माले नमान्दा नमान्दै रबीको बिरोध गरिरहेको उनीहरुको स्टाटसले नै बोलेको हुन्छ । सुरुमा बिरोधका भाव अनि पछाडि समर्थनको भाव । समर्थन सहितको बिरोधी पाउनु भनेको चानचुने कुरा पक्कै होईन ।

यो प्रकरणले नेपाली पत्रकारिताको छाया समेत छर्लंग पारेको छ । केही समयअघि एउटा राष्ट्रिय दैनिकमा प्रकाशकसँग कुरा गर्ने अवर मिल्यो । उहाँले नेपालमा सच्चा पत्रकारिताको अभाव रहेको बताएपछि मैले सोधे– ‘सच्चा पत्रकारिता सम्भव छैन ?’ मेरो प्रश्नमा उहाँले दिनुभएको जवाफले नेपालको पत्रकारितामाथिको बिश्वासमै धक्का लाग्यो । लामो समय ठूला मिडिया हाउसमा काम गरेर अहिले चर्चित अनलाइन मिडियामा कार्यरत मेरा एक जना मित्र गाउँमा गएर पशुपालन गर्ने योजना बनाउदै रहेछन् । मित्रले मिडिया हाउसको नाम भजाएर आफूभन्दा जुनियरहरुले शहरमा महल ठड्याउदासम्म पनि आफूले केही गर्न नसकेको गुनासो गर्दै थिए ।

आम सर्वसाधारणकै भाषामा भन्नुपर्दा ‘दलाली पत्रकारीता’ बढ्दो छ । ‘दलाली पत्रकारीता’को संज्ञाले सिंगो पत्रकारिता जगतमै नराम्रो धब्बा लाग्न थालेको छ । सच्चा पत्रकारिता गर्नेहरुलाई दालभात खान धौ धौ भईरहँदा यस्तो पत्रकारिता गर्नेहरु भने रातारात महल ठड्याउछन् र कार चढछन् ।

माहोल कहाँसम्म बिग्रिसक्यो भने ‘नथर्काए’सम्म ब्यवसायीले बिज्ञापन नै नदिने अवस्था आईसक्यो । कोही ब्यवसायीहरु हौवा पत्रकारिताको जञ्जालमा फसिएला भन्ने त्रासमा छन् । सच्चा समाजसेवीहरु मिडियामा आउन चाहँदैन । कुनै ब्यक्ति वा संस्थाले मिडिया खोज्दै हिड्नुपर्नेमा भाग्दै हिड्नुपर्ने अवस्था सिर्जना भएको छ । पत्रकारलाई पैसा पेलेर अपराध लुकाउने प्रवृति त बिश्वव्यापी नै छ तर नेपालमा यो प्रवृति दुई चार हजारमै सहजै बिक्न थालेको भान हुन थालेको छ । त्यसैकारण अहिले समाजमा ‘म पत्रकार’ भनेर निर्धक्क भन्न लाज लाग्छ । पत्रकार भन्ने बित्तिकै लुचा लफंगा, फटाहा, ठग भनेर बुभ्mने आम सर्वसाधारणको मानसपतलमा भिजिसकेको छ । जबसम्म यो प्रवृतिको अन्त्य हुँदैन तबसम्म नेपाली पत्रकारिताप्रतिको बिश्वास फर्किदैन ।

करैकर र आप्mनो अन्याय लुकाउनका लागि दिइएको सम्मानबाट पत्रकारको नैतिक शिर उच्च हुनै सक्दैन । आखिर डरैडर र करैकरको सम्बन्ध कतिञ्जेल टिक्छ र । मौका नमिलेसम्म हस हस भन्नेले मौका मिलेपछि भाटा हान्छ । भित्रि हृदयले दिएको मान सम्मानले पो आत्मा उच्च रहन्छ । केही पत्रकारले यस्तो नराम्रो बाटो अंगाल्दा समग्र पत्रकारिता क्षेत्रमै दाग लाग्न थालेको छ । एउटै ड्याङको मुला पनि कुनै गुलियो हुन्छ त कुनै पिरो हुन्छ । कुनै सुरिलो हुन्छ भने कुनै बाँगा । तर पनि हामी ‘एउटै ड्याङका मुला’ भनेर गोलमेच गरिदिन्छौ । नेपालको पत्रकारितामा पनि यस्तै भईरहेको छ ।

भलै रबीका धेरै कुरा बाहिर आएका छैनन् । जति बाहिर आए त्यसका आधारमा भन्नुपर्दा रबीले अलि फरकधार सम्हाल्न खोजेको पक्कै हो । सत्य तितो नै हुन्छ । उनको कार्यशैलीले पैसाले पत्रकारलाई भुलाएर कुम्ल्याईरहेका ब्यवसायीहरु तर्सिए । भेडाको बथानमा बाख्रा पस्यो भने च्यापिएर मर्न बेर लाउदैन । बार्गेनिङमा रमाईरहेकाहरुका बीचमा रबी च्यापिए र उनको चेपाइमा सर्वसाधारण छटपटाए ।

अब हामीले के बिचार गर्नुपर्छ भने फिर्ता बुझाईसकेको कागजातलाई नै बखेडा बनाउनु भन्दा उनलाई च्यालेन्ज दिनतर्फ लाग्नु पर्छ । जसले एकातिर तपाईको क्रेज बढ्छ भने अर्काेतिर सिंगो पत्रकारिताको शिर उच्च हुन्छ । यदि हामीले त्यसो गर्न सक्दैनौ भने गर्छु भनेर लागिपर्नेलाई किन प्रोत्साहन नगर्ने ?

अझै चित्त बुझेन भने गैरकानूनी तवरले नेपालमा बसेर रबीले के के नराम्रो काम ग¥यो ? त्यसको खोजतलास गरौ । त्यस्तै गैरकानूनी तवरले नेपालमा बसेर देशद्रोही काम गर्ने हरेक बिदेशी नागरिकहरुको खोजतलास गरौ । केही समयअघि धुर्मुस सुन्तलीलाई पनि बिबादमा ल्याईयो । यहाँ राम्रो गर्न खोज्नेहरु टिक्नै सक्दैन किन ? बिकसित देशहरु विज्ञ प्रतिभावान ब्यक्तिहरुलाई आप्mनो देशमा भित्र्याउन अनेकन लोभलालच देखाउछन् तर हामी भने आएका पाहुनालाई लखेट्न एकजुट हुन्छौ । यहाँ पनि कयौ विद्धान प्रतिभाहरु छन् तिनको मुल्यांकन हुन सकेको छैन । बरु कुहिएको आलु मल बनाउन काम लाग्छ तर यहाँ पैसाबिनाको प्रतिभाको कुनै भ्यालु छैन । केही गर्छु भन्नेका लागि पनि वातावरण छैन । त्यसैले यहाँका प्रतिभावान ब्यक्तिहरु धमाधम बिदेशीरहेका छन् । विदेशमा सिकेको सिप क्षमता र प्रतिभालाई नेपालमै प्रयोग गर्छु भन्नेहरुका लागि समेत कुनै वातावरण बन्न सकेका छैनन् जसले गर्दा उनीहरु मन मारेर आप्mनो क्षमता बिदेशमै बेचिरहेका छन् ।

त्यतिबेला अशिक्षित समाजले लक्ष्मीप्रसाद देवकोटा र रुपचन्द्र विष्टलाई पागल ठाने तर अहिले हामी उनीहरुलाई पुज्छौ । उनीहरुकै कारण कयौको भान्छामा चुलो बलेको छ । तर अहिले ‘अबुझले नजानेर काम बिगार्छ तर बुझेकाले जानाजान काम बिगार्छ’ भने जस्तै अवस्था आएको छ । कतिपय मान्छे पढेर पनि अनपढभन्दा पनि खत्तम हुन्छन् । जब मान्छेमा स्वार्थ, अहंता, लोभ बढ्छ अनि उसले आफ्नो अधिकार, कर्तब्य, हैसियत र धरातल सबै बिर्सन्छन् । यस्तो मान्छेहरुमा आफु अनुकुल भए जे पनि सही र प्रतिकुल भए जे पनि गलत भन्ने मनस्थिती हावी हुन्छ ।

अतः यदि रबी लामिछानेले नेपाली पत्रकारिताको फाइदा उठाएर गैरकानूनी काम गरेको रहेछ भने सख्त कारवाही गरिनुपर्छ । होईन भने केही गर्छु भन्नेलाई प्रोत्साहन गर्नुपर्छ । आफ्नो बिजनेश जोगाउनका लागि अरुको खुट्टा तान्ने प्रवृति रहेसम्म समृद्ध समाज एकादेशको कथा हुनेछ ।

Leave a Reply

Your email address will not be published.