0 Comments

ललितपुर : जिल्ला प्रशासन कार्यालय (जिप्रका) ललितपुरले विश्वव्यापी समस्याको रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट सुरक्षित रहन र सामूहिक जमघट नगर्न अनुरोध गरेको छ।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै जिप्रकाले होलीमा पानी तथा फोहरा नखेल्न, नखेलाउन, ठूलो संख्यामा मानिसको जमघट नगराउन, भोजभतेर, जात्रा, महोत्सवको आयोजना नगर्न र ठूलो संख्यामा सभासम्मेलन नगर्न अनुरोध गरेको हो।

त्यस्तै रुघाखोकी, ज्वरो, टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखिएमा विचलित नभई सावधानी अपनाउन नागरिकलाई सुझाव दिइएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख भागीरथ पाण्डेयले कोभिड १९ को उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनलेसमेत बताइसकेकाले सचेत रहन सबैलाई आग्रह गरेका हुन्। बिज्ञप्ति जस्ताको तस्तै तल पढ्नुहोस :

पचिल्ल्लो समयमा बिश्वब्यापी समस्याको रुपमा देखापर्दै आएको कोरानाका भाइरसका कारण हाम्रो देश पनि उछा जोखिममा रहेको कुरा बिश्व स्वास्थ संगठनले प्रतिबेदन देखाइसकेको छ ।नेपाल सरकारले यसबाट बच्नका लागि आमा नागरिकमा सावधानी अपनाउन अपिल पनि गरिसकेको छ ।

यस सन्धर्भमा नजिकिएको होलि पर्वमा पानि तथा फोहरा नखेल्न/नखेलाउँन, बिभिन्न कार्यक्रमहरुको आयोजना गरि ठुलो संख्यामा मानिसको जमघट नगर्न नगराउन, भोज भतेर, जात्र महोत्सवको आयोजना नगर्न नगराउन हुन् तथा घाँटीमा समस्या हुने जस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य सस्थामा गइ स्वास्थ्य परिक्षण गराउन हुन् तथा यसबाट बिचलित र हतास नभई सम्यमता, सावधानी र रक्षात्मक् उपाएहरु अपनाउनु हुन् सबै जिल्लावासी नागरिकहरु, सम्बन्धित सरोकारवाला ब्याक्ति, संघसंस्था तथा कार्यालयहरुलाई अनुरोध गरिन्छ ।

 

Author

gururngsirjana@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *