0 Comments

कोरोनाको त्रा’स बढेसँगै बजारमा ग्याँस, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्लाका पछि नलाग्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जनतामा आग्रह गरेका छन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै मन्त्री भट्टले मुलुकको आपूर्ति व्यवस्थामा कुनै किसिमको समस्या नरहेको र नरहने बताएक छन् । अति आवश्यक वस्तुको सबैखाले आपूर्ति व्यवस्था सहज रहेको र बजारमा पर्याप्त मौज्दात भएकाले अभावको मनोवैज्ञानिक त्रास नपाल्न उनले आग्रह गरेका छन् ।

मन्त्री भट्टले भने, ‘जनतालाई मेरो आग्रह छ, आपूर्ति व्यवस्था ठीक छ कुनै पनि वस्तुको अभाव हुँदैन, यो मेरो प्रतिवद्धता हो ।’ कालोबजारी र कृत्रिम अभाव रोक्न मन्त्रालयले विशेष टास्कफोर्स बनाउने तयारी गरिरहेको बताउँदै मन्त्री भट्टले कुनै वस्तुको अभाव देखिएमा सरकारले बजारमा हस्तक्षेप गर्ने बताएका छन् ।

यो पनि हेर्नुहोस -कोरोना भाइरसको आशंका गरिएका एक नेपाली टेकु अस्पतालबाट फ’रार

कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फ’रार भएका छन् । उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका इटहरीका ती नेपालीलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फ’रार भएको बोगटीले जानकारी दिए । अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी भइरहेपनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन । केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फ’रार भएका थिए ।

यो पनि समाचार

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Author

gururngsirjana@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *