Categories
ताजा समाचार

दाजु लाई भेट्न बलम्वु चौकी आएका दुईलाई लागुऔषधसहित पक्राउ

 १४ जेठ । थुनुवा दाजुलाई भेट्न आएका दुई युवा प्रहरी कार्यालयमै पक्राउ परेका छन् ।

घटना हो- महानगरीय प्रहरी प्रभाग बलम्वुभित्रकाे । लागुऔषध मुद्दाका थुनुवा कालीकोट राजकोट नगरपालिका- ६ का दाजु नवीन शाही ठकुरीलाई भेट्न आएका भाई र उनका साथीले गजबकाे आइडिया लगाएर थुनुवालाई लागुआैषध नै ल्याइदिएका रहेछन् ।

याे पाेल खुलेपछि ती दुईलाई प्रहरी प्रभाग बलम्वुले साेमबार बेलुका पाैने ८ बजेतिर कार्यालयभित्रै लागुऔषधसहित पक्राउ गरेको हो ।

दाजु भेट्न भनी बलम्वु चौकी आएका दुईलाई लागुऔषधसहित फेला पारेपछि प्रहरी नै चकित परे । महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी सहायक निरिक्षक वुद्धिबहादुर थापा त्यस समयमा कार्यालयको ड्युटी अफिसरको रुपमा खटिएका थिए ।

ती युवाहरुले थुनुवालाई भेट्न आउँदा ल्याएको खानेकुराभित्रै लागुआैषध ल्याइएकाे रहेछ । दालमोठ, चाउचाउ आफ्ना दाजुका लागि ल्याएको र भेट्नुपर्ने भन्दै समय माग गरेका उनीहरुले उक्त ती खानेकुरा दाजुलाई दिन प्रहरीलाई आग्रह गरे ।

प्रहरी सहायक निरीक्षक वुद्धि थापालाई चाउचाउभित्र ढिकाजस्ताे केही शंकास्पद वस्तु रहेकाे आभास भयाे । बन्द रहेकाे चाउचाउकाे प्याकेट खोले । त्यो बन्द वाईवाई चाउचाउ खोल्दा प्रहरी नै चकित परे ! बन्द चाउचाउभित्र नाईट्राभ्याट १५ ट्याब्लेट र कालो चरेश तीन ग्राम फेला पर्यो । साथै चुराेटका खिल्ली पनि ।

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले थुनुवालई भेट्न आएका युवाहरुले बोकेर ल्याएको चाउचाउभित्र फेला परेकाे लागुऔषधसहित दुई युवाहरुलाई पक्राउ गरेको पुष्टि गरे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाका अनुसार पक्राउ पर्नेमा कालीकोटकाे राजकोट नगरपालिका- ६ बालकुकारी बस्ने वर्ष १९ का पुजन बम ठकुरी र झापाकाे दमक नगरपालिका- १ का २२ वर्षे धर्मेन्द्र लिम्वू रहेका छन् । उनीहरुलाई प्रहरीले कार्यालयको ड्युटी कक्षबाटै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेकाे छ ।

बृत्त प्रमुख थापाका अनुसार ती युवाहरुले करिव २०० मिटर पर रोकिराखेको भे ५ प १३०५ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिइएको छ ।

प्रमुख थापाले भने, ‘चाउचाउभित्र लागुअाैषधि केही चुरोटका खिल्लीसमेत फेला परेको छ । थप अनुसन्धान भइरहेको छ, त्यसपश्चात् हामी म्याद थप गरी लागुऔषध ऐनअन्तरगत मुद्दा चलाउँछौँ ।’

Leave a Reply

Your email address will not be published.