विराटनगर । सोमवार विराटनगरमा संचारकर्मीहरुसंग अध्यक्ष दाहालले मुलुक विकास र समृद्धिका लागि अगाडि बढेको अवस्थामा बम आतंक र बन्द हडताल गर्नुको औचित्य नभएको बताउनु भयो ।
अध्यक्ष दाहालले निर्वाचन ताका भएको समझदारी अनुसार ५ वर्ष सम्म नेकपा नेतृत्वमा सरकार संचालन हुने बताउदै समझदारी अनुसार नै सरकारको नेतृत्व बारे निर्णय हुने बताउनु भयो ।
उहाँले मन्त्रिपरिषद पुनर्गठनको कुरा प्रधानमन्त्रीको क्षेत्राधिकार भित्र पर्ने भएकाले यसबारे छलफल भईरहेको जानकारी दिदैे बजेट आएपछि मात्र मन्त्रिपरिषद पुनर्गठन बारे विचार गरिने जानकारी दिनुभयो ।
एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले जेठ १८ गते बस्ने पार्टी सचिवालय बैठक सम्म पार्टी नेताहरुको कार्यविभाजन गरिने बताउनु भयो ।
मिडिया काउन्सिल बारे सोधिएको प्रश्नमा अध्यक्ष दाहालले पत्रकारहरुले आफैले बनाएको आचारसंहिता पालना गर्ने गरी मिडिया काउन्सिल विधेयकमा आवश्यक परिमार्जन गरिने स्पष्ट पार्नुभयो ।