Categories
ताजा समाचार

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

१३ जेठ, हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएकाे छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

बाग्मतीकाे पानी प्रयाेग गरी बिधुत उत्पादनकाे तयारीमा रहेकाे सिस्नेेेरीमा रहेकाे माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना७ख ९३२६ नम्बरको लहरी ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा ट्रकमा करेन्ट सर्ट भएको थियो ।

सर्ट भएकाे करेन्ट लागेर सिन्धुलीको तीन पाटन-९ बस्ने चालक २८ वर्षको वीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका-७ का ३५ वर्षीय विशाल तामाङको मृत्यु भएकाेे मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

घटनामा तीन पाटन-९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भइ ललितपुर बस्ने ४५ वर्षीय महेश बस्नेत गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं लगिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोश !

वियोगान्त देउडा गीत ‘कालो बादल’ भिडियो सार्बजनिक गरिएको छ ।

आर पी अवस्थी, दिपक संगम बिसी,देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको छ । आर पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत रहेको गीतको भिडियोलाइ भिम थापाले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट,आर पी अवस्थी, दिपक संगम बिसी,पशुपति खनाल,डोल बहादुर थापा,सूर्या मगरको अभिनय रहेको छ । भिडियोलाइ बासु बरालले छायाँकन गरेका हुन् ।

भिडियोमा समसामयिक र अहिलेको यथार्थ घटनालाइ चित्रण गरिएको छ ।  सुन्दर गाउँ गरिब तर सुखी परिवार , धनिहुने लोभमा साहुसंग रिण निकालेर छोरा बिदेस ।

यता घरमा मुटु भन्दा प्यारी छोरीको बलात्कार गरि हत्या र त्यही समयमा छोराको लास बिदेसबाट बाकसमा यस्तै यस्तै वियोगान्त गितिकथा हो ‘कालो बादल’ । सुदुर पश्चिमको इतिहासमै फरक धारमा बनाइएको गितिकथा रहेको निर्माण टिम बताउ छन् ।

https://www.youtube.com/watch?v=A9LK38yE-yI

 

 

Leave a Reply

Your email address will not be published.